बागमतीको मुख्यमन्त्रीमा बानियाँको दाबी पेस
हेटौंडा : बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीको रूपमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन्।
सोमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
त्यसलगत्तै कांग्रेसका प्रदेश सभापति समेत रहेका बानियाँले मुख्यमन्त्रीमा नियुक्तिका लागी दाबी पेस गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !