अब पार्टी एकताबद्ध भयो, सबैखाले गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छौं : प्रचण्ड

अब पार्टी एकताबद्ध भयो, सबैखाले गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छौं : प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबैखाले गुटबन्दी अन्त्य गर्ने संकल्प लिएको बताएका छन्। स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताबद्ध भएको घोषणा पनि गरे।

'देशको लोकतान्त्रिक आन्दोलनको सुदृढीकरण र परिवर्तनका लागि हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेल्यो। त्यसलाई एकताबद्ध गर्न चुनौती थियो। त्यसलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं। र, पार्टी एकताबद्ध भएको छ। हामीले सामूहिक प्रतिबद्धता गरेका छौं, अबदेखि सुदृढ एकताका साथ सबैखाले गुटबन्दी र समूहबद्धताको अन्त्य गर्ने संकल्प लिएका छौं,' उनले भने।
अध्यक्ष प्रचण्डले सामूहिकरूपले पार्टी एकताबद्ध गर्न प्रतिबद्धता लिएको बताए। उनले फेरि जनतामा जाने र देश र जनताका लागि आन्दोलन गर्ने निर्णय पार्टीले गरेको बताए। 

अध्यक्ष प्रचण्डले कुलिङ अफ पिरियडमा भएको चलखेलमा दोषी देखिएकालाई कारबाही गर्नेगरि छानबिन समितिले प्रतिवेदन बुझाउनुपर्ने स्पष्ट पारे। 

त्यस्तै बैठकपछि माओवादी उपमहासचिव जनार्दन शर्माले सबै एजेण्डामाथि बैठकमा खुलारूपमा छलफल भएको बताए। वैचारिक, राजनीतिक, सांगठनिक सबैका सन्दर्भमा गम्भीररूपमा बहस भएको उनको भनाइ छ। बा चार दिनदेखि जारी माओवादीको स्थायी कमिटी बैठक सोमबार सम्पन्न भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.