कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, करिब ५६ हजारले ल्याए उत्कृष्ट जीपीए

कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, करिब ५६ हजारले ल्याए उत्कृष्ट जीपीए
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डको बैठकले सोमबार १२ कक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजाअनुसार यस वर्ष नियमिततर्फ ६१.१७ प्रतिश विद्यार्थी उत्तीर्ण भएका छन्।

त्यस्तै आंशिकतर्फ ३६.४९ प्रतिशत उत्तीर्ण भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

उनका अनुसार १३ हजार ५०२ जनाले उत्कृष्ट ३.६ देखि ४ जीपीए ल्याएका छन्। त्यस्तै ५५ हजार ८९६ जनाले ३.२१ देखि ३.६० जीपीए, २.८ देखि ३.२१ सम्म ल्याउने ९४ हजार २६८ जना, २.४१ देखि २.८ ल्याउने ६९ हजार ८१२ जना, २.२१ देखि २.४० ल्याउने ८ हजार ९६४ जना र त्यसमुनि २३ जना ग्रेडेड भएको शर्माले जानकारी दिए। 

त्यस्तै १ लाख ५३ हजार ८८२ जना ननग्रेडेड भएका छन्।

बोर्डका अनुसार यस वर्ष नियमति ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी थिए। सहभागी कूल ५ लाख १० हजार ९८७ मध्ये नियमिततर्फ २ लाख ४२ हजार ४६५ र आंशिकतर्फ ४१ हजार ८४० जना विद्यार्थी ग्रेडेड भएका हुन्। ननग्रेडेड विद्यार्थीहरूका लागि भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने बोर्डले जनाएको छ। 

त्यस्तै १७ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.