पहिरोले सडक अवरुद्ध, आवतजावत ठप्प

पहिरोले सडक अवरुद्ध, आवतजावत ठप्प
सुन्नुहोस्

गुल्मी : अविरल वर्षाका कारण गुल्मीका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। चन्द्रकोट गाउँपालिका–८ तल्लोफाँटस्थित रिडी–वामी सडकखण्डमा मंगलबार बिहान पहिरो खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गा बहादुर सारुका अनुसार निरन्तर वर्षासँगै आएको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको हो। हाल स्थानीयको सहयोगमा प्रहरीले पहिरो पन्छाउने प्रयास गरिरहेको छ।

सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको प्रहरीले जनाएको छ। यस्तै यात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। वर्षायाममा कालीगण्डकी करिडोर निरन्तर अवरुद्ध हुँदै आएको र यात्रुहरूलाई असुविधा भएको प्रहरीले जनाएको छ।

जिल्लामा लगातार वर्षा भइरहेकाले पहिरो र बाढीको जोखिम अझै बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गुल्मीका करिब २०० भन्दा बढी स्थान उच्च जोखिममा रहेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.