एक तोला सुनको मूल्य दुई लाख नजिक
काठमाडौं : नेपाली बजारमा एक तोला सुनको मूल्य दुई लाख नजिक पुगेको छ। आज १९ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य दुई लाख नजिक पुगेको हो। मंगलबार सुनको मूल्य बढेर तोलाको १ लाख ९८ हजार ५०० सय कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार एक तोला सुन १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। मंगलबार एक तोला सुनको मूल्य २ हजार २८० रुपैयाँ पुगेको छ।
मंगलबार तोलामा २ हजार २५५ रुपैयाँ पुगेको थियो।
प्रतिक्रिया दिनुहोस !