गुल्मीका अधिकांश अवरुद्ध सडक खुले
गुल्मी : आइतबारदेखि परिरहेको अविरल वर्षाका कारण अवरुद्ध बनेका गुल्मीका अधिकांश सडक खुलाइएको छ। पहिरोले गर्दा सडक अवरुद्ध भएपछि सवारी आवतजावत थप्प बनेका थिए।
यस्तै मंगलबार बिहान जिल्लाको कालीगण्डकी करिडोर, रुद्रवेणी–वामी सडक र रिडी–खर्ज्याङ सडक केही समयसम्म अवरुद्ध बनेका थिए ।
अहिले ती सडक खुलिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गा बहादुर सारुले जानकारी दिए। त्यस्तै रिडी–तम्घास सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ सल्लेरीमा भने अझै सडक अवरुद्ध छ। अविरल वर्षाका कारण पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक सारुका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी छ।
प्रतिक्रिया दिनुहोस !