लाखौं मूल्यका कपडा र जुत्ता बरामद, चालक र सहचालक पक्राउ

लाखौं मूल्यका कपडा र जुत्ता बरामद, चालक र सहचालक पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

भैरहवा :  रुपन्देही प्रहरीले ठूलो परिमाणमा कपडा र जुत्ता बरामद गरेको छ। वडा प्रहरी कार्यालय बुटवलको टोलीले बुटवलको रामनगरस्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ४५११ नम्बरको कन्टेनर चेकजाँच गर्दा बिल बिजक नभएको ठूलो परिमाणमा कपडा र जुत्ता बरामद गरेको प्रहरीले जनाएको छ ।

रुपन्देहीका एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार नियन्त्रणमा लिइएको कन्टेनरबाट जेन्स जुत्ता ३ सय ५८ जोर, लेडिज सुट ७ सय ५१ पिस, लेडिज टप्स २ हजार १ सय ७५ पिस बरामद भएको छ । साथै, कन्टेनरका चालक रसुवाको कालिका गाउँपालिका–२ का २६ दावा बुलुन र सोही स्थानका सहचालक १६ वर्षीय राज तामाङलाई पक्राउ गरिएको उनले जनाए ।

बरामद सामग्री,कन्टेनरको ५४ लाख ३० हजार मूल्यांकन गरी पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवललाई बुझाइएको प्रहरीले जनाएको छ।

त्यस्तै वडा प्रहरी कार्यालय भैरहवाको टोलीले अंचलपुरबाट १ लाख ७ हजार मूल्य बराबरको एयर पोर्ड ४५ पिस, पावर बैंक ३१ पिस बरामद गरी भैरहवा भन्सार कार्यालयमा बुझाएको छ।

यस्तै इलाका प्रहरी कार्यालय बेलहियाको टोलीले बेलहिया बाइपासबाट १ लाख १० हजार मूल्य बराबरको थानको कपडा ७ थान, टेलरिङका कपडा २ बोरा र किराना सामग्री ४ बोरा बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.