प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंकले बढ्यो
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंक बढीले वृद्धि भएको छ। यो समयमा नेप्से परिसूचक ६.०२ अंकले बढेर २८४०.०३ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ५१ वटा स्क्रिप्सको १८ हजार ५६९ कित्ता सेयर १ करोड १२ लाख ३९ हजार ३०९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २८ वटा स्टक्सको मूल्य बढ्दा १९ वटाको घट्यो।
प्रतिक्रिया दिनुहोस !