मृगौला पीडितलाई चार लाख सहयोग
पनौती : काभ्रे पनौती -२ गोठखोला निवासी २३ वर्षीय सुदर्शन खत्रीको मृगौला प्रत्यारोपणका लागि चार लाख छ हजार रुपैयाँ आर्थिक सहयोग भएको छ। कुशादेवी मावि पनौतीका २०५८ सालका एसएलसी ब्याजका विद्यार्थीहरूको तर्फबाट सो रकम पीडितका बुवा उद्दव खत्रीलाई धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा हस्तान्तरण गरिएको हो।
उद्वले आफ्ना छोरा सुदर्शनलाई मृगौला दिएका थिए। अहिले दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !