भक्तपुरको यी भित्री सडकहरूमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन गर्न पाइने

भक्तपुरको यी भित्री सडकहरूमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन गर्न पाइने
सुन्नुहोस्

भक्तपुर : भक्तपुरको विभिन्न भित्री सडकमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन गर्न पाइने भएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आज बसेको सवारी साधन सञ्चालनसम्बन्धी सरोकारवालाहरूको बैठकले केही भित्री सडकलाई एकतर्फी बनाउने‍ निर्णय गरेको हो।  

नगरको भित्री सडकमा बढेको सवारी चापले आवागमनमा समस्या उत्पन्न भएकोले ‘वान वे’ गर्ने निर्णय गरिएको नगर प्रमुख प्रजापतिले बताए। भक्तपुर नगरपालिका-३ बाराही स्थानबाट वंशगोपालसम्म र रामन्दिर पुलदेखि तालाक्व हुँदै बोलाछेँसम्म एकतर्फी सवारी साधन सञ्चालन गर्न लागिएको हो। 

बैठकमा नगर प्रमुख प्रजापतिले यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक देखिएका सडकहरूमा एकतर्फी सवारीसाधन सञ्चालन गर्ने तयारी गरिरहेको बताए। उपप्रमुख रजनी जोशीले भक्तपुर सांस्कृतिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण सहर भएकोले पनि व्यस्त सडकहरूमा एकतर्फी गर्दै जानुपर्ने आवश्यकता औंल्याए। 

बैठकले भक्तपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराको संयोजकत्वमा सम्बन्धित वडाका वडाध्यक्ष, जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालय, नगर प्रहरी, वडा निरीक्षक र श्यानिटेशन शाखाका प्रतिनिधि सम्मिलित सात सदस्यीय अध्ययन टोली गठन गरी १५ दिनभित्र अध्ययन गरी रिपोर्ट तयार गरी प्रस्तुत गर्ने निर्णय गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.