सुनको मूल्य अस्थिर, चाँदी बढ्यो
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। अघिल्लो कारोबार दिन बुधबार प्रतितोला सुनको मूल्य १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको थियो।
आज पनि सोही मूल्यमा खरिदबिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ स्थिर रहेपनि चाँदी भने बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएको छ।
बुधबार २ हजार ३०५ रुपैयाँ पुगेको थियो।
प्रतिक्रिया दिनुहोस !