निर्वाचन आयोगलाई एमालेको जवाफ- स्वमूल्यांकन राजनीतिक दलहरूको आन्तरिक विषय हो

निर्वाचन आयोगलाई एमालेको जवाफ- स्वमूल्यांकन राजनीतिक दलहरूको आन्तरिक विषय हो
सुन्नुहोस्

काठमाडौं : सत्तापक्ष दल नेकपा एमालेले पनि निर्वाचन आयोगको स्वमूल्यांकन कार्यविधिप्रति असहमति जनाएको छ। बिहीबार निर्वाचन आयोगलाई पत्र बझाउँदै एमालेले स्वमूल्यांकन दलको आन्तरिक विषय भएको जानकारी दिएको हो।

एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले उक्त कार्यविधिप्रति पार्टीले असहमति जनाएको बताए। 'स्वमूल्यांकन राजनीतिक दलहरूको आन्तरिक मामिला हो। नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनीतिक दलसम्बन्धी व्यवस्था छ। राजनीतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था राजनीतिक दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षा बमोजिम हुने भएकाले यो स्वनियमनमा चल्नुपर्ने र यसको मूल्यांकन जनताले जनादेशमार्फत गर्ने भएकाले स्वनियमन दलको आफ्नै आन्तरिक विषय हो,' एमालेले आयोगमा बुझाएको पत्रमा भनिएको छ।

सैद्धान्तिक रूपमै राजनीतिक दल स्वमूल्यांकन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति आफूहरूको असहमति रहेको एमालेले उल्लेख गरेको हो। 

त्यस्तै ११ दलले सामूहिक रूपमै उक्त कार्यविधिको विरोध गरेको छ। नेकपा माओवादी केन्द्रको अगुवाइमा ११ दलले उक्त कार्यविधि तत्काल रोक्न आयोगलाई आग्रह गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.