दिल्लीमा बन्धक बनाइएका ४० नेपाली महिलाको उद्धार

दिल्लीमा बन्धक बनाइएका ४० नेपाली महिलाको उद्धार

काठमाडौं : रोजगारीको प्रलोभन दिएर विदेश लैजाने भन्दै भारतको दिल्ली पुर्‍याइएका ४० नेपाली महिलाको उद्धार गरिएको छ। 

भिजिट भिसामा विदेश जानेहरूमाथि नेपालमा कडाइ हुन थालेपछि एजेन्टहरूले नेपाली महिलालाई भारतको बाटबाट लैजान थालेका हुन्। दुबई, कतार, ओमान, कुवेत तथा साउदी अरब लैजाने भन्दै एजेन्टले महिलाहरूलाई प्रलोभन देखाएर दिल्लीको होटलमा पुर्‍याएको प्रहरीले जानकारी दिएको छ। 

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोका प्रबव नरेन्द्र कुँवरले दिल्लीका विभिन्न होटलबाट ४० जना नेपाली महिलाको उद्धार गरिएको पुष्टि गरे। भारतको विमानस्थल हुँदै खाडी लैजान लागेका महिलाहरू समस्यामा परेका हुन्। उनीहरूलाई दिल्लीको महिपालपुरको विभिन्न ४ वटा होटलहरूमा राखेर बन्धक बनाइएको प्रहरीको भनाइ छ। 

केआइएन इण्डियाका निर्देशक नविन जोशी भन्छन्, 'नेपाली महिलालाई बन्धक बनाएर एजेन्ट सम्पर्कमा नआएको सूचना केही दिनअघि आएको थियो। सूचनालाई पुष्टि गरेपछि प्रहरी र दूतावासको सहयोगमा उद्धार गरेर नेपाल पुर्‍याउँदैछौं।'
 
होटलमा बन्धक बनाइएका धेरै महिला दिल्लीमा बेखर्ची भएका थिए। एजेन्टले उनीहरूलाई आज पठाउँछु, भोलि पठाउँछु भन्दै अल्झाउने र महिलाहरूलाई होटल बाहिर जान नदिने गरेका थिए। उनीहरूमध्ये ३ जनासँग त पासपोर्टसमेत छैन। एजेन्टले उनीहरूलाई पासपोर्ट बनाइदिने र कुवेत पठाउँछु भनेर आश्वासन दिएर सडक मार्ग हुँदै दिल्ली पुर्‍याएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.