केटा साथी भेट्न गएकी किशोरीको शंकास्पद मृत्यु

केटा साथी भेट्न गएकी किशोरीको शंकास्पद मृत्यु
प्रतिकात्मक तस्बिर
सुन्नुहोस्

काठमाडौं : सामाजिक सञ्जालमा भेट भएका युवकलाई भेट्न उनकै घर गएकी किशोरीको मृत्यु भएको छ। ललितपुरको इमाडोल बस्ने १८ वर्षीय आर्यन पाण्डेलाई भेट्न पुगेकी ती किशोरी युवककै कोठामा बेहोस भएकी थिइन्। 

उपचारका लागि उनलाई किष्ट अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुग्नासाथ उनलाई मृत घोषणा गरिएको थियो। 
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीका अनुसार आर्यन पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

पाण्डेलाई भेट्न भन्दै ती किशोरी बुधबार दिउँसो १२ बजे युवकको घरमा गएकी थिइन्। युवकको आमा युकेमा बस्छिन्। उनी बुबासँगै इमाडोलमा रहेको घरमा बस्दै आएका थिए। १२ कक्षा पढ्दै गरेकी ती किशोरी र युवकबीच सामाजिक सञ्जालमा भेट भएको थियो। केही महिनाअघिदेखी उनीहरू प्रेम सम्बन्धमा रहेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार पहिलो पटक प्रेमीको घरमा गएकी ती किशोरी र किशोर छतमा रहेको कोठामा बसेका थिए। दिउँसो २ बजेतिर किशोरी कोठामै बेहोस भएकी थिइन। महालक्ष्मी नगरपालिका-३ बोझेपोखरी घर भएकमी किशोरी बेहोस भएपछि ती किशोरले आफ्ना बुबालाई खबर गरेका थिए। किष्ट अस्पताल पुर्‍याइएकी ती किशोरीको मृत्यु भएको हो। 

मृत्युको कारण यकिन अझै हुन नसकेको प्रहरीको भनाइ छ। किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। किशोरीको शरीरमा बाह्य चोटपटक भने छैन। उनको भिसेरा जाँचका लागि पठाइएको छ। उनको शवलाई पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरीले बताएको छ।

'घटनाको अनुसन्धान गरिरहेका छौं। मर्डर र जबर्जस्तीकरणी कसुरमा अनुसन्धान भइरहेको छ। अहिले किशोर प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा छन्। किशोरीलाई अस्पताल पुर्‍याएपछि मात्रै प्रहरीलाई जानकारी गराइएको थियो। यसलगत्तै प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थलमा केही चिठी पत्र पनि फेला परेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.