उत्तरकाशी घटनामा २४ नेपाली बेपत्ता भएको आशंका

नेपाली दम्पतीलाई छोराको अन्तिम कल- 'हामी बाँच्दैनौं होला'

नेपाली दम्पतीलाई छोराको अन्तिम कल- 'हामी बाँच्दैनौं होला'

काठमाडौं : भारत उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित हर्सिल उपत्यकामा गएको विनाशकारी बाढी र पहिरोबाट काली देवी र उनका श्रीमान विजय सिंह भाग्यले बाँचे। तर दुर्भाग्य, ती दम्पतीले आफ्ना सन्तानलाई बचाउन सकेनन्।

मंगलबार करिब १२ बजे उनीहरू उपत्यका छोडेर भटवारी पुगेका थिए। जुन घटनास्थलबाट करिब ४७ किलोमिटर टाढा हो। त्यहाँ पुगेपछि उनले आफ्नो छोरासँग अन्तिमपटक फोनमा कुराकानी गरेका थिए।

लेदोसहितको बाढीमा फसेका छोरासँग कुराकानी गरेका ती दुई मिनेट सम्झेर सिंह दम्पती भावुक बनेका छन्। एनडीटीभीका अनुसारका उनका छोराले 'बाबा, हामी अब बाँच्दैनौं होला' भन्दै सम्पर्क गरेका थिए। छोरासँगको अन्तिम फोन कुराकानी सम्झँदै सिंहले भने, 'छोराले, 'बाबा, हामी अब बाँच्दैनौं होला। नालीमा धेरै पानी छ' भन्दै फोन गरेको थियो। त्यसपछि सम्पर्क पनि टुट्यो। लगत्तै त्यहाँ ठूलो लेदोसहितको बाडी आएको थाहा पायौं।'

घटनामा २४ जना नेपाली बेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ। एनडीटीभीले प्रकाशित गरेको समाचारअनुसार त्यहाँ २६ जना नेपाली मजदुरहरू सडक र पुल निर्माणको काममा खटिएका थिए। तीमध्ये सिंह दम्पती बाँच्न सफल भएको र बाँकी २४ जना सम्पर्कमा नरहेको समाचारमा उल्लेख छ।

'हामीले उपत्यका छोड्दा यस्तो विपत्ति आउँछ भन्ने कल्पनै गरेका थिएनौं। यदि थाहा भएको भए, म मेरा बच्चालाई कहिल्यै छोड्ने थिइनँ,' रुँदै काली देवीले भनिन्, 'म सरकारसँग अपील गर्न चाहन्छु, हामीलाई हर्सिल पुर्‍याइदिनुहोस्, हाम्रा बच्चाहरू हामी आफैं खोज्छौं।' तर, नेपालीहरू कहाँबाट त्यहाँ पुगेको कुरा खुलाइएको छैन।

बाढीले मजदुरहरू मात्र होइन, सेनाका करिब ११ जवानलाई पनि बेपत्ता बनाएको छ। मंगलबार धराली गाउँमा परेको भीषण बादल फाट्दा आएको बाढीले घर, रुख, सवारीसाधन सबै बगाएको थियो। हालसम्म कम्तीमा पाँच जनाको मृत्यु पुष्टि भइसकेको छ। 

-एनडीटिभीबाट


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.