बेरुजु फर्छ्यौट गर्न सरकारलाई लेखा समितिको ध्यानाकर्षण

बेरुजु फर्छ्यौट गर्न सरकारलाई लेखा समितिको ध्यानाकर्षण
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्यौटका लागि राज्यका निकायलाई जवाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले हरेक बर्ष बेरुजु बढ्दै गएकाले कानूनको पूर्ण कार्यान्वयन र कार्यसम्पादनमा बेरुजुलाई जोडेर राज्यका निकायलाई जवाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराएको हो। बैठकले चालू आर्थिक वर्षलाई बेरुजु फर्छ्यौट वर्षका रूपमा अभियानकै रूपमा चलाउनसमेत सुझाव दिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए। 

उनले विभिन्न कार्यालयमा सरुवा गरी पठाउने लेखासम्बद्ध अधिकारीको पछिल्लो दुई आर्थिक वर्षको कार्यकालको कार्यसम्पादन र आगामी कार्ययोजनाका बारेमा प्रतिवेदन नै बनाएर समितिलाई पेस गर्न महालेखा परीक्षक कार्यालयलाई निर्देशन दिए।

बैठकमा महालेखा परीक्षक तोयम रायले बेरुजु बढ्दै गए पनि त्यहीअनुसार फर्छ्यौटको काम पनि अघि बढेको धारणा राखे। उनले मन्त्रालयको बेरुजु कम गर्न सचिवहरूले पनि ध्यान दिनुपर्नेमा जोड दिए। त्यस्तै बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिवहरूले बेरुजु फर्छ्यौटका देखिएका समस्याका बारेमा जानकारी गराएका थिए भने समिति सदस्यहरूले कार्यसम्पादनमा बेरुजुलाई जोडेर नै जवाफदेही बनाउनुपर्नेमा जोड दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.