रवि लामिछानेलाई जेलमा भीआइपी सुविधा, एसीमा बस्छन्, साँझ बाहिर डुल्छन्

रवि लामिछानेलाई जेलमा भीआइपी सुविधा, एसीमा बस्छन्, साँझ बाहिर डुल्छन्
फाइल तस्बिर
सुन्नुहोस्

भैरहवा : सहकारी ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला कारागार कार्यालय भैरहवामा भीआइपी सुविधा प्रदान गरेको पाइएको छ।

अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि कारागार प्रशासनले लामिछानेको सुविधाका लागि एज ट्वाइलेट, बाथरुम भएको कोठा उपलब्ध गराएको छ। जसलाई प्रशासनले ‘४ नम्बर ब्लक’को नाम दिएको छ। उनी आउनुअघि कारागारमा ‘४ नम्बर ब्लक’ थिएन।

त्यस्तै मन लागेको बेला कोठाबाहिर निस्किएर ‘ग्राउण्ड’मा घुम्ने व्यवस्थासमेत कारागार प्रशासनले मिलाएको छ। ‘उहाँ (लामिछाने) कोठा बाहिर निस्किएको बेला बाहिरबाट कसैले नदेखोस् भनेरै उहाँ आएपछि डण्डीले बनाइएको कारागारको मुख्य गेटमा फलामको प्लेटले लगाएर ढाकिएको छ’, विश्वस्त स्रोतले भन्यो, ‘उहाँलाई कारागारमा ‘भीआइपी ट्रिटमेन्ट’ गरिएको छ। जुन अन्य कुनै कैदीबन्दीलाई उहाँ जस्तो सुविधा छैन।’

स्रोत थप्छ, ‘गर्मी नहोस् भनेर उहाँको कोठामा एसी र कुलर दुवै व्यवस्था गरिएको छ। कोठामा ल्याण्डलाइन टेलिफोनको सुविधा छ। किताब, कुर्सी, टेबल, बेडलगायत आवश्यक सबै छ। एसी लगाइएपछि चिसो रोक्नका लागि भेन्टिलेटरमा प्लाइउड लगाइदिन उहाँ (लामिछाने) आफैंले भनेपछि लगाइएको हो।’

अन्य कैदीबन्दीलाई जस्तो कारागार प्रशासनले लामिछानेलाई राखिएको कोठामा ताल्चा लगाउँदैन। ‘उहाँलाई मन लागेको बेला कोठाबाट भित्र-बाहिर गर्नुहुन्छ। प्रायः साँझ ‘इभ्निङ वाल्क’ गर्नुहुन्छ’, स्रोतले भन्यो, प्राय माथि गञ्जी/टिर्सट र तल हाफ पाइन्ट लगाएर बस्नु हुन्छ। गर्मी भयो भने एसी चलाउनुहुन्छ, बढी चिसो भयो भने कुलरको प्रयोग गर्नुहुन्छ। समय समयमा किताब पढिराख्नुहुन्छ।’

सुविधा पाए पनि २४ घण्टा कारागारमा बस्नुपर्दा दिक्क मानेको हुनसक्ने भन्दै लामिछानेलाई कारागारमा भीआइपी सुविधा प्रदान गरिएको कारागार सम्बद्ध अर्को स्रोत बताउँछ।
 
लामिछानेले कारागारमा पिउने पानीलगायत आवश्यक खाद्य बस्तु बाहिरबाट मगाएर खान्छन् भने बिहान भात र राति रोटीसँग अन्य परिकार खाने गरेका छन्। उनले आफूसँग भेटघाट गर्न आएका व्यक्तिमध्ये कारागार प्रशासनलाई भनेर कोहीसँग विशेष कक्षमा भेटघाट गर्छन् भने कोहीसँग कोठाभित्रबाटै भेटघाट गर्ने गरेको बुझिएको छ।

‘उहाँले कोसँग कहाँ भेटघाट गर्ने विषय उहाँको इच्छामा भर पर्छ’, स्रोतले भन्यो, ‘उहाँले भनेअनुसार हामी व्यवस्था गरिदिने गरेका छौं।’ जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले आफू व्यस्त रहेकाले कुरा गर्न नमिल्ने प्रतिक्रिया दिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.