'सोर्स कोड' चोरी दुई जना पक्राउ
काठमाडौं : आफैंले काम गरेको सफ्टवेयर कम्पनीको 'सोर्स कोड' चोरी गर्ने दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर व्युरोका प्रमुख नविन्द्र अर्यालका अनुसार सर्लाहीका २६ वर्षीय सुजनकुमार महतो र धादिङका २४ वर्षीय सुमन श्रेष्ठ काठमाडौंबाट पक्राउ परेका हुन्।
उनीहरू काठमाडौंमा नै रहेको एक कम्पनीमा काम गर्दै आएका थिए। काम छाडेपछि त्यहाँको डाटा, कोडिङ र कम्पनीको स्रोत संकेत चोरी गरेर दुरुपयोग गरेका थिए। सोर्स कोड चोरी भएपछि कम्पनीमा उक्त सफ्टवेयर चल्नै छाडेको थियो। साइबर ब्युरोका अनुसार उनीहरूले बौद्धिक सम्पत्तिमा आघात पुर्याउने उद्देश्यले सोर्स कोड चोरी गरेका थिए। उनीहरुविरुद्ध अनुसन्धान गर्नका लागि ५ दिनको म्याद थप भएको छ।
प्रतिक्रिया दिनुहोस !