कैदीको स्थानान्तरण नहुँदा रणभूमि बन्यो कैलाली कारागार
कैलाली : समयमा कैदीहरूको स्थानान्तरण नहुँदा कैलाली कारागार रणभूमि बनेको छ। तीन जना कैदीको समयमै सरुवा गरेको ठाउँमा नपठाउँदा कैलाली कारागार रणभूमि बनेको हो।
भूपेन्द्र बडूवाल हत्याकाण्डका आरोपीहरूको कागजी सुरुवा गरेपनि स्थानान्तरण नभएपछि कारागारभित्र दुई समूहबीच झण्डप भएको हो। कारागारका नाइकेले हत्या आरोपी मदन शाही, कपिल श्रेष्ठ, निशान्त मल्लको सरुवा गर्न सुझाव दिँदा पनि उनीहरूको स्थानान्तरण हुन सकेको छैन।
गएराति कारागारमा कैदीबन्दीहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। मृत्यु हुनेमा ४० वर्षीय भरत चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुई समूहबीच भएको झडपमा घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच कारागारमा तनाव भएपछि घटनाको विवरण बुझ्न गएका सुरक्षा निकायका प्रमुखहरूलाई कैदीबन्दीले भित्र जानबाट रोकेका छन्। कारागार प्रशासनसम्म पुगेको टोली घटनास्थल निरीक्षक नगरी फर्किएको हो।
कैदीबन्दीहरुले कसैलाई पनि जान नदिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुले सिलिण्डर, रड राखेर ढोकामा उभिएका छन्। यस्तै मिडियालाई पनि अस्पताल र कारागार जानबाट रोकिएको छ। घटनाबारे आफन्तलाई पनि जानकारी दिइएको छैन।
डेढ सय क्षमता भएको कारागारमा सात सय जनाभन्दा बढी कैदी रहेका छन्।
प्रतिक्रिया दिनुहोस !