झडपपछि कैलाली कारागार कैदीहरूको कब्जामा

झडपपछि कैलाली कारागार कैदीहरूको कब्जामा
सुन्नुहोस्

धनगढी : कैदीहरुबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि कैलाली कारागार कैदीहरुको कब्जामा छ। शुक्रबार मध्यराति झडप भएपनि त्यसपछि कारागारभित्रको घटनास्थलमा सुरक्षा निकायका पदाधिकारी नै जान सकेका छैनन्। 

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कैलालीका प्रहरी उपरीक्षक बालनसिह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीतसहितका सुरक्षा अधिकारीहरू कारागारको अवस्था बुझ्न गएका थिए। तर कैदीहरूले उनीहरूलाई कारागारभित्र पस्न दिएनन्।

‘हामीहरू अहिलेसम्म पनि कारागारभित्र पस्न सकेका छैनौं। उनीहरू आक्रोसित छन्। थप घटना नहोस् भनेर नै हामीले भित्र जान पनि खोजेका छैनौं’ प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले भने। जिल्ला सुरक्षा समितिको बैठकले अहिले कारागार सुरक्षाका लागि सशस्त्र प्रहरी पनि तैनाथ गरेका छन्।

घटनापछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि कारागारभित्रको घटनास्थलसम्म पुग्न सकेको छैन। ‘घटनाबारे बुझिरहेका छौं। कारागार प्रशासनको कार्यालयसम्म त पुग्न सकिएको छ तर कारागारभित्र भने जान सकिएको छैन।’ राष्ट्रिय मानवअधिकार आयोगका एक अधिकृतले भने।

कारागारमा शुक्रबार राती सामूहिक झडप भएको थियो। झडपमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्। यसअघि ४७ जना घाइते भनिएकोमा घाइते अवस्थामै कारागारको छतमा लुकेका थप २ जना प्रहरीको टोली पुगेपछि फेला परेका हुन्।

मृतक चौधरीको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। घाइते ४९ जनालाई सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ। सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले घाइतेहरूमध्ये अधिकांशका हात खुट्टा भाँचिएका छन्। उनले झडपमा फलामका रडहरूको बढी प्रयोग भएको बताए।

‘फलामे रडहरुको बढी प्रयोग भएको छ। घाइतेहरूलाई ठूलो चोट लागे पनि उनीहरु खतरामुक्त छन्। एक जनाको सल्यक्रिया भएको छ। एक जनालाई आईसियुमा भर्ना गरिएको छ’ डाक्टर कमरले भने। सेती प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचारका लागि स्थान नपुगेपछि घाइतेहरूलाई नजिकै रहेको कोरोनाका बेला बनाइएको भवनमा सारिएको छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.