काठमाडौंमा अष्टिम्की चित्रकला कार्यशाला

काठमाडौंमा अष्टिम्की चित्रकला कार्यशाला
सुन्नुहोस्

काठमाडौं  : पश्चिम नेपालमा बसोवास गर्ने थारू समुदायका महिलाहरूले मनाउने पर्व अष्टिम्कीको अवसरमा काठमाडौंमा चित्रकला कार्यशाला भएको छ। आसन्न अष्टिम्की पर्वको अवसरमा अग्रासन थारू महिला समाज, काठमाडौं र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा अष्टिम्की चित्रकला कार्यशाला गोष्ठी भएको हो।

पश्चिम नेपालका थारू समुदायका महिलाले कृष्ण जन्माष्टमीलाई अष्टिम्की पर्वका रूपमा मनाउने परम्परा छ। अष्टिम्की आउन एक हप्ता अघिदेखि थारू महिला यो पर्वको तयारीमा जुटेका छन्। अग्रासन थारू महिला समाजकी अध्यक्ष चम्पा चौधरीले थारू महिलाहरूको सबैभन्दा महान् पर्व भएकाले त्यस दिनमा विशेष गरी नयाँ कपडा (रातो, कालो चोली, सेतो गुन्यु) र थरथरिका गहनाको लगाउने तयारी भइरहेको बताइन्। उनले अग्रासनको साँझ पूजा गर्दा कोरिएका चित्रमा पूजा गर्नुपर्ने परम्परा रहेको बताइन्।

अग्रासनकै दिन पुरुष मान्छेले कोर्ने चित्रमा पूजा गर्ने चलन रहेकोले चित्रकला कार्यशाला आयोजना गरिएको बताइन्। कलाको संरक्षण र पुस्तान्तरणका लागि कार्यशाला आयोजना गरिएको उनको भनाइ छ। उनले भनिन्, ‘यो वर्ष साउन ३१ गते अग्रासन छ। हामी अग्रासन आउनुभन्दा एक हप्ता अघिदेखि नै तयारी गर्छौं। त्यसका लागि खाना बनाउनेदेखि लिएर चित्र बनाउने कार्यमा सबै महिला जुट्नुहुन्छ। चित्र चाहिँ अष्टिम्कीको दिन बनाउँछौं। पछिल्लो पुस्तामा चित्रकलाप्रति आकर्षण घट्दै गएको हुनाले कला पुस्तान्तरणका लागि यो कार्यशाला गोष्ठी आयोजना गरिएको हो।’ उक्त पर्वले सामुदायिक एकता, सांस्कृतिक संरक्षण र पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको अध्यक्ष चौधरीको भनाइ छ।

null

सो कार्यशालामा लेखक तथा संस्कृतिविद् शत्रुघन चौधरीले 'अष्टिम्की चित्रकला र थारू आदिवासी ज्ञान' शीर्षक कार्यपत्र प्रस्तुत गरेका थिए। उनले अष्टिम्की चित्रको महत्त्व र त्यसमा रहेका विषयवस्तुबारे प्रकाश पारेका थिए। उनले अष्टिम्कीमा गाइने गीत र यसको मिथकका विषयमा पनि चर्चा गरेका थिए।

थारू समुदाय भाषा, संस्कृति, लोक साहित्यमा अत्यन्त सम्बृद्ध मानिने र उनीहरुको जीवनपद्धति पृथक रहेको चौधरीको भनाइ छ। 'थारुहरुको वास्तु कला, चित्रकला, साहित्य, लोक भाका, लोक संगीत, रहनसहन आदिमा आफ्नै मौलिकता पाइन्छ। अष्टिम्की कला पनि एक महत्वपूर्ण प्रदर्शनकारी शौन्दर्यकला हो। यसमा बनाइने चित्र, गाईने गीतहरुमा थारुहरुको जीवनदर्शन पाउन सकिन्छ। यसमा अथाह थारु आदिवासी ज्ञान पाउन सकिन्छ। यही ज्ञान परापूर्व कालदेखि थारूहरूका जीवनशैलीमा अभ्यास गरिँदै आइएको छ। पछिल्लो समयमा आधुनीकीकरण तथा सूचना प्रविधि फड्को मार्दै गर्दा सास्कृतिक महत्व बोकेको अष्टिम्की कला जस्तो परम्परा ओझेलमा पर्दै गएको भान हुन्छ,' उनले भने, 'अष्टिम्कीलाई सबै तहतम्काबाट सचेतना जगाउन जरुरी छ। यस प्रकारका कार्यशाला हरेक प्रदेश, कापालिकहरूमा आयोजना गर्न नितान्त आवश्यक छ। तत् तत् निकायहरुले दायित्वबोध गरी पहलकदमी लिन जरुरी देखिन्छ। यसैगरी गाउँमा हस्तचित्रलाई जोड दिन आवश्यक छ। साथै परम्परागत अष्टिम्कीमा बालबालिकालाई सानो अष्टिम्की चित्र बनाउन सहभागी गराई प्रोत्साहित गर्न जरुरी छ। यसैगरी स्थानीय पाठ्यक्रममा पनि यस किसिमका मौलिक पर्व एवं चित्रकला समावेश गरी पठनपाठन गर्न गराउन आवश्यक देखिन्छ। यसले लोप हुँदै गइरहेको संस्कृतिलाई जगेर्ना गर्न तथा पुस्तान्तरण गर्न ठूलो टेवा दिने विश्वास गर्न सकिन्छ,' उनले भने।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.