रौटहटका विभिन्न नाकाबाट पाँच करोड बढीका अवैध सामान बरामद

रौटहटका विभिन्न नाकाबाट पाँच करोड बढीका अवैध सामान बरामद
सुन्नुहोस्

रौतहट : नेपाल-भारतसङ सिमा जोडिएका रौतहटका विभिन्न नाकाबाट हुने तस्करी र भन्सार छली नियन्त्रणमा सशस्त्र प्रहरीले गस्ती बढाएसँगै करोडौंको सामान प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक वर्षमा पाँच करोड ७४ लाख मूल्यका सामान बरामद गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतका अनुसार भन्सार छलेर ल्याइएका सामानहरू बरामद गरेर भन्सार कार्यालय बुझाइएको छ ।  

दक्षिणी सीमानाकामा पाँचवटा ‘बोर्डर आउटपोष्ट’ र  अरु आठवटा सुरक्षाबेस क्याम्पमार्फत् सशस्त्र प्रहरीले तस्करी नियन्त्रण गर्न लागिपरेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए। गत आर्थिक वर्षमा सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै भन्सार छलीका सामान बरामद हुनेक्रम उल्लेखनीय रुपमा वृद्धि भएको छ। 

सोही अवधिमा दुई करोड ४८ लाख ४५ हजार ६५३ मूल्य पर्ने अवैध किराना,कस्मेटिक,लत्ताकपडा र मोटरपार्टस्का समान पक्राउ गर्न सशस्त्र प्रहरी सफल भएको उपरीक्षक बस्नेतले जानकारी दिए ।

गत आवमा एक/एक थान स्कोरपियो र सफारी गाडी बरामद गरिएको थियो । त्यसैगरी, एक/एक थान बोलेरो, म्याजिक र अटोरिक्सासहित १८० वटा मोटरसाइकल बरामद गरी गौर भन्सार कार्यालयलाई बुझाएको छ ।

त्यस्तै,सशस्त्र प्रहरीले  स्रोत नखुलेका  ४८ लाख १७ हजार ११० रकम बरामद गरेको छ भने सोही अवधिमा स्रोत नखुलेको ९ लाख ४९ हजार ४४९ भारतीय रुपैयाँ पनि बरामद भएको छ। सशस्त्रले ६९३ क्युफिट काठ बरामद गरेर डिभिजन वन कार्यालय रौतहटलाई बुझाएको जनाएको छ।

गत आवमा ४०६ कार्टुन अर्थात् पाँच लाख ५१ हजार ८२५ मूल्यको मदिरा,८५० किलो माछा,एक हजार २४९ किलोग्राम बोइलर कुखुरा,१६ वटा गाईगोरु, भैँसी र पाडापाडी,चार लाख तीन हजार ५६ मूल्यका पटकासमेत बरामद गरेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.