१२ वर्षे चण्डेश्वरी मेला (फोटोफिचर)
भक्तपुर : वर्षको एकचोटी मात्र निस्किने भक्तपुरको चण्डेश्वरी अजिमाको १२ वर्षे मेला भव्यताको साथ मनाइएको छ। भक्तपुर नगरपालिका-५ को चासुखेल टोलमा रहेको चण्डेश्वरी अजिमाको आज सोमबार मेला भएको हो।
अजिमालाई घिन्टांघिसी परिक्रमामा गर्ने रुटबाट चण्डेश्वरीलाई पनि परिक्रममा गरिएको हो। चासुखेलको चण्डेश्वरी मन्दिरको प्रांगणबाट सुरु भएर टौमढी, तालाक्व, नासमना, बाराहीस्थान इताछेँ, दरबारस्क्वायर, बालाखु, त्रिपुरासुन्दरी, चोछेँ, भुलाँछे, महालक्ष्मी, नागपोखरी, नवदुर्गा द्योछे, सूर्यमढी, दत्तात्रय, इनाचो, गोल्मढी, सुकुलढोका हुँदै पुनः मन्दिरको प्रांगणमा ल्याएर सम्पन्न गरिन्छ। मेलामा हजारौं भक्तजनहरुको बाजागाजा, सुकुन्दा र धुप बत्ति बालेर परिक्रमा गरिएको थियो।









प्रतिक्रिया दिनुहोस !