गाईजात्रा कुटपिट भएको भिडियो भाइरल भएपछि तीनजना पक्राउ

गाईजात्रा कुटपिट भएको भिडियो भाइरल भएपछि तीनजना पक्राउ
सुन्नुहोस्

भक्तपुर : भक्तपुरमा गाईजात्रा पर्व (सापारु)को दिन भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले आज तीन जना युवालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी परिसर भक्तपुरले उनीहरूलाई पक्राउ लिएको हो। गत साउन २५ गते भक्तपुर नगरपालिका–५ स्थित टौमढी स्क्वायर (पाँचतले मन्दिर परिसर) मा गाईजात्रा हेर्ने क्रममा भएको झैझगडा र कुटपिटको भिडियो फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा फैलिएको थियो। भिडियो सार्वजनिक भएपछि प्रहरीले तत्काल छानबिन सुरु गरी घटनामा संलग्नहरूको पहिचान गरेको थियो।

प्रहरी परिसरका सूचना अधिकृत, प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार पक्राउ पर्नेहरूमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ स्थायी ठेगाना भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–६, पाण्डुबजार बस्ने २२ वर्षीय महेश तामाङ, भक्तपुर नगरपालिका–५, भेलुखेलका ३४ वर्षीय अमन देउला र भक्तपुर नगरपालिका–५, साकोठाका ३४ वर्षीय राज कपाली रहेको जानकारी दिए।

न्यौपानेले भाइरल भिडियोका आधारमा पहिचान गरी तीनै जनालाई पक्राउ गरिएको पुष्टि गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.