रास्वपाको महामन्त्री दाबी गरेका मुकुल ढकालको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गरेको हो।
ढकालले रास्वपाको महामन्त्री आफू नै भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, महामन्त्री कविन्द्र बुर्लाकोटी, पार्टीको प्रवक्ता मनिष झा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उनले प्रतिवादी बनाएका थिए।
पार्टी अनुशासनविपरीत अभद्र र अमर्यादित व्यवहार प्रदर्शन गर्नुको साथै पार्टीको छबिमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै रास्वपाले एक वर्षअघि उनलाई महामन्त्री, केन्द्रीय सदस्य र साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गरेको थियो। पार्टीले आफूलाई गरेको कारबाही अवैधानिक भएको उनले दाबी गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस !