निर्माणाधीन घरभित्र मृत भेटिएका दुवै पुरूषको पहिचान खुल्यो
धरान : सुनसरीको दुहबी नगरपालिका-४ मा मृत भेटिएका दुईजना पुरुषको पहिचान खुलेको छ । मृत फेला पर्नेमा इटहरी-२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक सागर तिम्सिनाले जानकारी दिए।
हत्या गरिएका तामाङ र राईको शव स्थानीय चन्दृका रौनियारको निर्माणाधीन घरको सेफ्टि ट्याङ्कीमा फेला परेको थियो । तामाङ रौनियारको घर बनाउने ठेकेदार र राई कामदार भएको खुलेको प्रहरी निरीक्षक तिम्सिनाले बताए ।
घटनाबारे प्रहरी कार्यालय दुहबीबाट गएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सुरू गरेको छ।
प्रतिक्रिया दिनुहोस !