कैलाली कारागारमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन

कैलाली कारागारमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले साउन २३ गते कैलाली कारागार परिसरभित्र घटित घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनी कारबाही गर्न र पीडितलाई नियमानुसार क्षतिपूर्ति उपलब्ध हुने आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको हो।

बैठकले अन्य विभिन्न कारागारहरूमा समय समयमा हुने गरेका यस्ता झडप तथा कुटपिटका घटनाहरू दोहोरिन नदिन र कारागार प्रशासनलाई थप जिम्मेवार बनाउन समेत गृहमन्त्रालयलाई निर्देशन दिएको छ भने कैदीबन्दीलाई श्रम र उत्पादनमा जोड्ने जस्ता विषयसहितको आवश्यक रणनीति तय गरी प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिइएको समिति सभापति बिमला सुवेदीले जानकारी दिए। 

त्यस्तै कारागारमा रहेका कैदीबन्दीहरूको अपराधको प्रकृति, बन्दीको संख्या र स्वभावअनुसार फरक/फरक ब्लक र कारागारमा राख्ने व्यवस्था गर्नसमेत समितिले निर्देशन दिएको छ। 

त्यसैगरी कारागारभित्र आवश्यक भौतिक संरचनाहरू थप निर्माण गर्न तथा प्रत्येक प्रदेशमा एक वटा नमुना कारागार निर्माण गर्न पनि सरकारलाई निर्देशन दिइएको सभापति सुवेदीले जानकारी दिए।

बैठकमा गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा भएको घटना छानबिनका लागि समिति गठन भएको भन्दै त्यसको रिपोर्टका आधारमा सत्यतथ्य बाहिर आउने जानकारी दिए। कैलाली कारागार कुनै हतियार नभइ त्यही रहेको इट्टाढुंगाहरू प्रयोग भएको देखिएको उनले बताए। 

गृहमन्त्री लेखकले समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको देखिएको भन्दै सुधार गर्दै अघि बढ्नुपर्ने बताए। उनले कैदीबन्दीको मानवअधिकारलाई ध्यान दिँदै कारागारको विकास गर्ने र कैदीबन्दी फर्किएपछि समाजमा पुनःस्थापित हुने वातावरण बनाउने कुरामा सरकार संवेदनशील रहेको धारणा राखे।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.