कारागार घटनापछि सिडिओ हमाल मन्त्रालय तानिए, लम्साललाई कैलाली प्रशासनको जिम्मेवारी
काठमाडौं : जिल्ला कारागारमा एक जनको मृत्यु हुने गरी भएको घटनापछि कैलालीका प्रमुख जिल्ला अधिकारी मन्त्रालयमा तानिएका छन्। गृहले बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई मन्त्रालय तानेको हो।
उनको ठाउँमा कृष्णप्रसाद लम्साललाई कैलाली पठाइएको छ। यसअघि दाङको प्रमुख जिल्ला अधिकारी रहेका लम्सालले अब कैलाली प्रशासनको नेतृत्व गर्नेछन्।
गत शनिबार कैलाली कारागारमा झडप हुँदा भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए।
प्रतिक्रिया दिनुहोस !