जिम्मेवार र नैतिकवान् भइ डिजिटल प्लेटफर्मको प्रयोग गरौं : सभापति देउवा

जिम्मेवार र नैतिकवान् भइ डिजिटल प्लेटफर्मको प्रयोग गरौं : सभापति देउवा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकारले ध्यान दिनुपर्ने बताएका छन्।

कांग्रेस सूचना, सञ्‍चार तथा प्रचार विभागले बिहीबार सानेपामा आयोजित डिजिटल प्लेटफर्मको प्रयोग,प्रभाव र असर विषयक कार्यक्रममा सभापति देउवाले डिजिटल प्लेटफर्मले कामलाई सहजता र तीव्रता दिएपनि कतिपय कुराहरूमा यसले नकारात्मक असर पनि पुर्‍याएको भन्दै त्यसमा सरकारले ध्यान दिन आवश्यक रहेको बताए।

उनले सबै मिलेर प्रविधिमैत्री,नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको धारणा राखे । डिजिटल प्लेटफर्मको प्रयोग शिक्षा,स्वास्थ्य,कृषि,पूर्वाधार,रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक रहेको उनले बताए।

सभापति देउवाले कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चार सम्बन्धी नीति,ऐन र नियमहरूले अहिले नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको जिकिर गरे। यसका अतिरिक्त प्रविधिको क्षेत्रमा धेरै कामहरू अझै गर्न बाँकी नै रहेको उनको भनाइ छ ।

सभापति देउवाले डिजिटल प्लेटफर्मको सकारात्मक प्रयोग गरेर व्यक्तिगत,सामाजिक र राष्ट्रिय विकासमा टेवा पुर्‍याउन सक्ने र सचेत,जिम्मेवार र नैतिक प्रयोग नै डिजिटल भविष्यको आधार भएको बताए। कांग्रेस, सधैं नवप्रवर्तन र प्रविधिमार्फत् सामाजिक रूपान्तरणको पक्षमा उभिँदै आएको सभापति देउवाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.