पशुपति आर्यघाटबाट शवको हड्डी र खरानी खरिद गर्ने थप दुई जना पक्राउ
काठमाडौं : पशुपति आर्यघाटबाट शवको मासु खरिद गर्ने थप दुई जना पक्राउ परेका छन्। गौशाला वृत्तबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सर्लाहीका ४२ वर्षीय वर्षीय रामनन्दन ठाकुर र सप्तरीका ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्। ठाकुरले हड्डी र खरानी खरिद गरेको र यादव उनको सहयोगी रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरूको साथबाट प्लास्टिकको झोलामा राखिएको हड्डीको धुलो र खरानी पनि बरामद गरिएको छ। प्रहरीले यसअघि घाटे बाहुन जिवनाथ ढकाल र बिनायक मैनालीलाई पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस !