पोखरीमा डुबेर कपिलवस्तुमा २ बालकको मृत्यु
कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिका-७ सुखरामपुरमा पोखरीमा पौडी खेल्ने क्रममा स्थानीय दुई युवाको डुबेर मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा स्थानीय रञ्जित बढइका छोरा १२ वर्षीय आकाश बढई तथा राजेन्द्र रैदासको छोरा ११ वर्षीय छोरा अम्बर रैदास रहेका इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीले बताए। गाउँ नजिकै रहेको सार्वजनिक पोखरीमा करिब सवा २ बजे पौडी खेल्ने क्रममा दुवै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
पोखरीमा डुबेर तैरिरहेको अवस्थामा गाउँलेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाए लगत्तै प्रहरी चौकी भिल्मी र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा पोखरीबाट शव निकालेका थिए। शवको बहादुगन्जस्थित शिवराज अस्पतालमा पोस्टमार्टम गरी मृतकका परिवारजनलाई बुझाएको प्रहरी निरीक्षक लौडारीले बताए।
प्रतिक्रिया दिनुहोस !