श्रीमानले गरे श्रीमतीको हत्या
नवलपुर : नवलपुरको बिनयीत्रीबेणीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बिनयीत्रीबेणी गाउँपालिका वडा नम्बर ३ बस्ने ५० वर्षीय महेन्द्र पौडेलले आफ्नी श्रीमती ४७ वर्षीय गोमा पौडेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
शुक्रबार बिहान उनले आफ्नै घरमा धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीले जानकारी दिएको छ। पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !