शैक्षिक र भाषा प्रशिक्षण संस्थाहरूलाई रुपन्देही प्रशासनले भन्यो-७ दिनभित्र कागजहरू उपलब्ध गराउनू
भैरहवा : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण गराउने संस्थाहरूलाई आवश्यक कागजातहरू कार्यालयमा उपलब्ध गराउन अल्टिमेटम दिएको छ । केही संस्थाहरूबाट कानुनले तोकेको बाहेकाका कार्यहरू गरेको उजुरीपछि कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै संस्थाहरूलाई ७ दिनभित्र आवश्यक कागजात कार्यालयमा उपलब्ध गराउन अल्टिमेटम दिएको हो ।
कार्यालयद्धारा जारी गरिएको सूचनामा भनिएको छ,‘संस्थाहरूबाट प्रशिक्षण र परामर्श गराउनुपर्नेमा केही संस्थाले कानुनले तोकेको कार्यहरूबाहेक भिषा प्रक्रिया, रोजगारीको सुनिश्चितता गर्ने, ट्राभल एजेन्सी र सहकारी संस्थाहरूसँग मिलोमतो गरी नक्कली कागजात बनाउने,मेनपावरले गर्ने काम व्यक्तिगत/संस्थागत रुपमै गर्ने गरेको गुनासो/उजुरीका सम्बन्धमा विवरणहरू अद्यावधिक गरी ७ दिनभित्र कार्यालयमा उपलब्ध गराउनू।'
दश बुँदा उल्लेख गरी विभिन्न अनुमति पत्र,प्रमाणपत्र,सम्झौतालगायत कागजातहरू उपलब्ध गराउन सूचनामा उल्लेख छ । साथै,तोकिएको समयमा कागजात उपलब्ध गराउने वा मापदण्ड पूरा नगरेको पाइएमा कारवाही हुने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !