वामदेवलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयताको जिम्मेवारी दिएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रबार बसेको समाजवादीको सचिवालय बैठकले नेता गौतमलाई अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालपछि नेता गौतमलाई वरीयता तोकेको हो।
राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा समाहित भएका नेताहरूलाई जिम्मेवारी दिने निर्णय भएको पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए। गौतमलाई विभाग संयोजन गर्ने जिम्मेवारी दिइएको उनले बताउए।
त्यस्तै सचिवालय बैठकले रामकुमारी झाँक्रीले आत्मालोचना प्रस्ताव पेस गरेकाले र आगामी दिनमा गल्ती कमजोरी नगर्ने प्रतिवद्धता जनाएकाले यस विषयमा थप छलफल गरेर अघि बढ्ने निर्णय पनि गरेको ज्वालाले जानकारी दिए।
त्यस्तै माओवादी केन्द्र र बिप्लव नेतृत्वको नेकपा र समाजवादी मोर्चाबीचको सम्बन्धलाई प्रभावकारी बनाउने निर्णय गरेको छ भने रुपन्देही-३ मा हुने उपनिर्वाचनका सन्दर्भमा प्रदेश अध्यक्षलाई सुझाव दिन निर्देशन गरेको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !