विषादीयुक्त मदिरा सेवनबाट कुवेतमा ९ नेपालीको मृत्यु, कम्तीमा ३५ जना अस्पताल भर्ना

विषादीयुक्त मदिरा सेवनबाट कुवेतमा ९ नेपालीको मृत्यु, कम्तीमा ३५ जना अस्पताल भर्ना
सुन्नुहोस्

काठमाडौं : वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका ९ जना नेपालीको मृत्यु भएको छ। विषादीयुक्त मदिरा सेवन गरेका उनीहरूको उपचारको क्रममा निधन भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले ९ जना नेपालीको मृत्यु भएको पुष्टि गरे। 'यहाँका आधिकारिक फोकल पर्सनबाट हालसम्म ९ जना नेपालीको मृत्यु भएको जानकारी पाएका छौं। उहाँहरूको मृत्युको कारण अझै पुष्टि हुन सकेको छैन। तर, विषादीयुक्त मदिरा सेवन कारण रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थाहा पाएका छौं,' अन्नपूर्ण पोस्टसँगको कुराकानीमा उनले भने। उनले मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको एकिन कारण जानकारी हुने बताए।

त्यस्तै मदिरा सेवनबाट अचेत बनेका करिब ३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको सुविधा सम्पन्न अस्पतालहरूमा उपचार भइरहेको श्रम सहचारी आचार्यको भनाइ छ। 'कुवेत सरकारको फोकल पर्सनले सबै जनालाई सुविधा सम्पन्न अस्पतालमा उपचार गराइरहेको जानकारी दिनुभएको छ। दूतावासले कतिपय अस्पतालमा आफैं गएर जानकारी लिएको छ भने फोनमार्फत पनि निरन्तर सम्पर्कमा छौं,' उनले भने।

उनले कुवेतमा मदिरा सेवन गैरकानुनी रहेको बताए। त्यसबारे नेपाली दूतावासले पनि निरन्तर खबरदारी गर्दै आएको बताए। 'हामीले पहिल्यैदेखि नै यहाँ मदिरा सेवन गैरकानुनी रहेको नेपाली श्रमिकहरूलाई जानकारी गराउँदै आएका छौं। त्यसका बाबजुद पनि दुःखद घटना घट्न पुग्यो,' उनले भने। उनले कुवेतमा रहेका नेपालीहरूलाई मदिरा सेवनबाट टाढा रहन अपील गरे।   

यसैबीच कुवेतस्थित नेपाली दूतावासले यससम्बन्धी घटनाबारे जानकारी दिनका लागि हटलाइन सेवा सुरु गरेको छ। दूतावासले +96561008956 मा फोन गरेर यस विषयमा जानकारी लिन सक्ने बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.