फोहोरलाई मोहरमा बदल्दै पोखरा महानगरपालिका

फोहोरलाई मोहरमा बदल्दै पोखरा महानगरपालिका
सुन्नुहोस्

पर्यटन राजधानी तथा तालहरूको सहर पोखरा पर्यटकीय र वातावरणीय हिसाबले जति चासोपूर्ण छ। यहाँका तालमा फोहोर थुप्रिने प्रवृत्ति उति नै चिन्ताजनक छ। विगत केही वर्ष यतादेखि पोखराको सहरीकरण तीव्र छ। पर्यटकीय गतिविधि बढ्दो छ। सबैभन्दा धेरै पानी पर्ने क्षेत्र अनि जमिनको भिरालो ढाँचा। मानिसहरूले जथाभाबी फालेका फोहोर फिर्के, बुलौंदीलगायतका सहरी खोलाले बोकेर फेवातालमै पुर्‍याएका छन्।
'यी सबै कुराले पोखराका तालहरू वास्तवमै सहरभरिका फोहोर थुप्रिने अड्डाजस्ता लाग्छन्,' पोखरा महानगरपालिकाका मेयेर धनराज आचार्य भन्छन्, 'अब यसलाई हामी नियन्त्रणमात्र गर्दैनौं। फोहोरलाई मोहरमा बदल्छौं।'

हुन पनि, पर्यटन राजधानी पोखरामा यतिबेला सहर सरसफाइ र वातावरण संरक्षणको माहोल तातेको छ। तालको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउने तयारी, ताल सफा गर्न ठूला व्यापारिक घरानासँग सम्झौतादेखि देखि फोहोरलाई मोहोरमा बदल्ने अभियानसम्मका कार्यक्रम नयाँ आर्थिक वर्षको सुरुवातसँगै भएका छन्।

यही वर्षको सुरुवातदेखि फोहोर नियन्त्रण तथा व्यवस्थापनका लागि महानगरपालिकाले हरेक वडामा सशक्त समूह बनाएको छ। यसले आफ्नो वडाका विभिन्न ठाउँमा जम्मा भएका कुहिने र नकुहिने फोहोरबाट विभिन्न जीवनोपयोगी विभिन्न सामग्रीहरू बनाइ रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ काम गरीरहेको छ। पोखरा महानगरपालिकाले यही वर्षदेखि कार्यन्वयन सुरू गरेको हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत यो काम भएको हो।

परियोजना संयोजक नेत्र तिमिल्सनाका अनुसार प्रत्येक ३३ वटा वडामा प्रत्येक चार समूह गरी १३६ वटा समूह यो अभियानमा सक्रिय छन्। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा सञ्चालित यस परियोजनाअन्तर्गत, कुहिने फोहोर बाट कम्पोष्ट मल बनाउने र नकुहिने फोहोर बाट बिभिन्न हस्तकलाका सामग्री बनाउने गरी तालिम तथा कार्यक्रम सञ्चालन भइरहेका छन्। उक्त सामग्रीहरू कोसेली घरमार्फत परियोजनले नै किनिदिने योजना पनि महानगरले कार्यन्वयन गरीरहेको छ।

यसअघि नै मापदण्ड विपरितका संरचना रद्द तथा नियन्त्रण गर्न फेवाताल किनारमा एक हजार पचपन्न वटा सीमा स्तम्भ गाडिएको छ। महानगरपालिकाका अनुसार, ती सीमास्तम्भ पार गरेका सबै भौतिक संरचना भत्काउने औपचारिक निर्णय गरी उक्त स्तम्भ गाडिएको हो। भौतिक रूपमा सिमा स्तम्भ राख्न असम्भव भएका ठाउँमा र राखिएका स्तभ्भ कोहिकसैले भत्काएको थाहापाउने गरी डिजिपिएस सिस्टम द्धारा डिजिटल प्वाइन्टसमेत सेट गरीएको छ। गत जेठ महिनामा सुरु भएको यो कार्यक्रम यसै महिनाको पूर्वार्धमा सम्पन्न भयो । 'अब छिट्टै नै संरचना भत्काउने काम पनि सुरु गर्छौं,' महानगरका मेयर धनराज आचार्यले भने।

यसै हप्ता, पोखरा महानगरपालिका कार्यालयले पोखराको अग्रणी व्यापारिक समूह 'लक्ष्मी ग्रुपसँग' मिलेर पोखराका ताल सरसफाइ गर्ने सम्झौता गरेको छ। पोखराका तालहरूमा लेउ र जलकुम्भी झार नियन्त्रण गरी पर्यावरणीय सन्तुलन र पर्यटकीय आकर्षण कायम राख्न उक्त सहमति भएको थियो। लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले, उक्त झारबाट हस्तकलाका सामग्री सम्बन्धि व्यापार व्यवसाय गर्न स्थानीय समुदायलाई सघाइने बताए।

अघिल्ला आर्थीक वर्ष भने, वातावरण संरक्षणका कार्यक्रम करिब करिबशून्य नै थिए। अघिल्लो वर्षमा सबै वडाबाट पोखरा महानगरको रातो किताब, योजना तथा खर्च विनियोजन पुस्तीकामा समेटिएका करिब २ हजार ५ सय कार्यक्रमहरूमध्ये ५६ वटा कार्यक्रममात्र आर्थात् करिब ३ प्रतिशत कार्यक्रममात्र वातावरण संरक्षण सम्बन्धी रहेका थिए। त्यसैगरी वातावरण प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले पर्यटन तथा संस्कृति प्रवर्द्धन र वातावरण सौंदर्यकरण अन्तर्गत समेटेका कार्यक्रममा पनि कूल बजेटको करिव १.५ प्रतिशतमात्र थिए। जसमध्य करिब २० प्रतिशत कार्यक्रमको डिपिआर मात्र र धेरै कार्यक्रम कार्यन्वयन नै भएनन्।

'पोखराको सौंदर्यकरण, जैविक विविधता र प्राकृतिक स्रोत संरक्षण लाई ध्यानमा राख्दै अहिले हामीले वातावरण संरक्षणका कार्यक्रमलाई हामीले प्राथमिकता दिएकाछौं,' पोखरा महानगरपालिका कार्यालयका प्रवक्ता मोतिराज तिमिल्सनाले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.