प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४८ अंकले बढ्यो
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.४८ अंकले बढेर २७८९.८५ विन्दुमा अडिएको छ।
प्रि ओपन सेसनमा ५७ स्क्रिप्सको १ लाख २० हजार ३३६ कित्ता सेयर २ करोड ९२ लाख ९१ हजार ९४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २४ स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो। एक स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !