सुन-चाँदीको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं : नेपाली बजारमा आइतबार सुन-चाँदीको भाउ घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार ६ सय रुपैयाँले घटेको सुन आज ७०० रुपैयाँले घटेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुन १ लाख ९५ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सोही परिणामको सुनको भाउ १ लाख ९६ हजार २०० पुगेको थियो।
यसैगरी आज चाँदीको भाउ ५ रुपैयाँले घटेको छ। महासंघका अनुसार प्रतितोला चाँदी २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !