अन्नपूर्णकर्मी शाह पुरस्कृत
वीरगन्ज : स्व.सुबोध स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्णपोस्ट्का पत्रकार क्रान्ति शाहलाई प्रदान गरिएको छ । वीरगन्जका फोटो पत्रकार स्व.सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहले स्थापना गरेको ५१ हजार रुपैयाँ राशीको पुरस्कार शाहलाई प्रदान गरिएको हो ।
आइतबार आयोजित प्रतीक दैनिक पत्रिकाको ३९ औं वार्षिकोत्सव समारोहमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पत्रकार शाहलाई प्रमाणत्रसहित उक्त पुरस्कार प्रदान गरेका हुन्। प्रतीक प्रकाशन समूहले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष एकजना सक्रिय पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । गत साउन १७ गते बसेको बसेको प्रतीक प्रकाशन समूहको बैठकले यसवर्षको स्व.सुबोध स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्णपोष्टका पर्सा जिल्ला संवाददाता शाहलाई दिने निर्णय गरेको थियो ।
यस्तै प्रतीक प्रकाशन समूहको वार्षिकोत्सव समारोहमा उत्कृष्ट स्तम्भकारका रुपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष समेत रहेका ओमप्रकाश खनाललाई नगद १० हजार र प्रतीक दैनिकको उत्कृष्ट संवाददाताका रुपमा प्रमोद यादवलाई १५ हजार रुपैयाँसहित सम्मानित गरिएको छ ।
यस्तै स्व.चीरञ्जीवी कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट अन्य पत्रकार तथा कर्मचारीहरू पनि सम्मानित भएका थिए।
प्रतिक्रिया दिनुहोस !