कांग्रेस सभापति देउवा र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।

देउवा निवास बुढानिलकण्ठ आइतबार उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको बताइएको छ।

बैठकमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए। परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने भ्रमणका लागि काठमाडौं आएका हुन्।

उनले आजमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। भेटका क्रममा उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको परराष्ट्र स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने गरी तयारी भइरहेको बताइएको छ। भारत भ्रमणका क्रममा दुई देशबीच हुने छलफलका लागि एजेन्डा तय गर्न मिस्री नेपाल आएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.