प्रधानमन्त्रीलाई निम्ता दिन आएका भारतीय विदेशसचिवको शीर्ष नेतासँग 'कर्टेसी मिटिङ'

प्रधानमन्त्रीलाई निम्ता दिन आएका भारतीय विदेशसचिवको शीर्ष नेतासँग 'कर्टेसी मिटिङ'

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने भ्रमणका लागि आइतबार नेपाल आइपुगे। भारतीय वायुसेवा निगमको एफसी३१ नम्बरको उडानबाट चार सदस्यीय टोलीको नेतृत्व गर्दै उनी काठमाडौं ओर्लिएका हुन्।

विदेश सचिव मिस्रीको टोलीमा नेपाल डेस्क प्रमुख मुनु महावर, पुषारंशु शर्मा र प्रियंका सोहनी रहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक रूपमा भारतको निमन्त्रणा दिन र बैठकका एजेन्डा तय गर्न काठमाडौं आएका मिस्रीको टोली दिनभरि शीर्ष नेताहरूसँगको 'कर्टेसी मिटिङ'मा व्यस्त भए।

null

विदेश सचिव मिश्री भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा दिन सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए। उनले औपचारिकरूपमै प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीले पठाएको निमन्त्रणा हस्तान्तरण गरेका थिए। प्रधानमन्त्री कार्यालयले यसको पुष्टि पनि गर्‍यो। 'प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शिष्टाचार भेटका क्रममा विदेश सचिव विक्रम मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट औपचारिक भारत भ्रमणको निमन्त्रणा दिनुभएको छ। प्रधानमन्त्री ओलीले निमन्त्रणाका लागि धन्यवाद दिनुभएको छ,' प्रधानमन्त्री कार्यालयले भनेको छ।

null

त्यसलगत्तै मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेका थिए। भेटहरूमा द्विपक्षीय हित आपसी सम्बन्धनका बारेमा छलफल भएको बताइएको छ।
स्रोतका अनुसार ती भेटहरूमा दुई देशबीचका विभिन्न संयन्त्रहरूलाई सक्रिय बनाउने र नेपालमा सञ्चालित भारतीय परियोजनाहरूलाई सुदृढ ढंगले अगाडि बढाउने विषयमा छलफल भएको थियो। 

null

null

null
परराष्ट्रमन्त्री राणाले पनि भारतसँगको सम्बन्धलाई नेपालले सधैं उच्च महत्त्व दिँदै आएको र दुई देशबीच पछिल्ला समयमा कनेक्टिभिटी बढाउने क्रियाकलापहरू भइरहेको बताएकी थिइन्। 

उनले कनेक्टिभिटी नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्ण रूपमा सहयोग पुग्ने र दुवै तर्फको पर्यटन एवं आर्थिक क्रियालापहरूका माध्यमबाट पारस्पारिक लाभ पुग्ने क्षेत्र भएकाले रेलवे एवं स्थलमार्गका अतिरिक्त हवाई मार्गहरूको पनि थप विस्तार गरी हवाई कनेक्टिभिटी बढाउनुपर्नेमा मिश्रीसँगको भेटमा जोड दिएकी थिइन्। भारतीय सहयोगमा बन्ने परियोजना र भारतबाट सिधै नेपालगन्ज उडान गर्ने विषयमा पनि उनले मिश्रीसँग चासो राखेकी थिइन्। 

null

यसैबीच परराष्ट्र सचिव अमृतबहादुर राई र विदेश सचिव मिस्रीबीच द्विपक्षीय भेटवार्ता भयो। उनीहरूबीच द्विपक्षीय ‘कनेक्टिभिटी’, व्यापार र विकास सहयोगलगायत विस्तृत मुद्दामा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। द्विपक्षीय भेटवार्ता पछि मिश्री रात्रिभोजमा सरिक भएका थिए। 

मिश्रीले सोमबार बिहान पशुपतिनाथको मन्दिरमा दर्शन गर्ने र त्यसपछि स्वदेश फिर्ता हुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। 

nullnull


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.