भैरहवामा ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतीय नागरिक पक्राउ

भैरहवामा ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतीय नागरिक पक्राउ
सुन्नुहोस्

भैरहवा : रुपन्देही प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रहरुसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कानपुरस्थित नौवस्तीका २५ वर्षीय अभिषेक यादव रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा आइतबार बेलहियास्थित होटल मुक्तिनाथमा प्रवेश गर्न लागेको अवस्थामा यादवलाई नक्कली शैक्षिक प्रमाणपत्रहरुसहित पक्राउ गरेको हो।

नेपाल र भारतका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरूको नक्कली शैक्षिक प्रमाणपत्रहरू, स्ट्याम्प, होलोग्राम, स्टिकर लगायतको सामग्रीसहित यादवलाई सीमावर्ती क्षेत्र बेलहियाबाट पक्राउ गरिएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए।

प्रहरीका अनुसार पक्राउ परेका यादवको साथबाट नेपालको त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट एक सय थान, प्रमाणपत्र ३६ थान, स्ट्याम्प ३ थान, स्ट्याम्प प्याड ५ थान बरामद भएको छ। त्यस्तै त्रिभुवन विश्वविद्यालय (२०१२) लिखित होलोग्राम ४ हजार ४० थान, उच्च माध्यमिक शिक्षा परिषद् (अंग्रेजीमा एचएसईबी) लिखित होलोग्राम २ हजार थान, राष्ट्रिय परिक्षा बोर्ड (अंग्रेजीमा एनईबी) लिखित होलोग्राम १ हजार ६ सय थान, अंग्रेजीमा सीटीईभीटी लिखित होलोग्राम १ हजार ९ सय थान बरामद भएको छ।

त्यस्तै भारतको एमिटी विश्वविद्यालय, जवाहारलाल नेहरु टेक्नोलोजिकल विश्वविद्यालय हैदराबाद, छत्रपति शिवाजी महाराज विश्वविद्यालय कानपुर, असम हाईर सेकेण्डरी एजुकेशन काउन्सिल, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालयको विभिन्न प्रकारका १ हजार २ सय बढी प्रमाणपत्रहरु, लेटरप्याड, एडमिट फर्म लगायतका नक्कली कागजात बरामद भएको एसपी क्षेत्रले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

‘घटनामा को को संग्लन छन् ? नक्कली प्रमाणपत्रहरु क-कसले लिएका छन् ? लगायतका विषयमा सोधखोज गरिरहेका छौं’,एसपी क्षेत्रीले भने,‘आरोपीको साथबाट बरामद ल्यापटप, मोबाइल, पेनड्राइभ पनि सूक्ष्म तरिकाले केलाइरहेका छौं।’

उनले पक्राउ परेका आरोपीले आफू मासिक तलबमा काम मात्र गर्ने गरेको बताए पनि विश्वास गर्ने आधार नदेखिएकाले घटनाको अनुसन्धानले थप विषय खुल्दै जाने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.