विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्न सांसदलाई दुई दिनको समय

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्न सांसदलाई दुई दिनको समय
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकको प्रतिवेदन पेस भएको छ। सिंहदरबारमा सोमबार बसेको बैठकमा समितिका सचिव दशरथ धमलाले समिति सभापति अम्मरबहादुर थापालाई विधेयकको प्रतिवेदन हस्तान्तरण गरे।

प्रतिवेदन समिति सदस्यहरुलाई वितरण गरिएपछि दुई दिनका लागि अध्ययनको समय दिइएको समिति सभापति थापाले जानकारी दिए। अध्ययन गरिसकेपछि बस्ने बैठकमा आउने सुझावहरूका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिइने उनले बताए।

उनले पूर्ण छात्रवृतिका विषयमा आफ्नो जोड रहेपनि राज्यले धान्न सक्ने गरी उत्तरदायी बन्नुपर्ने धारणा राखे। केही प्रतिशत निजी र केही प्रतिशत सरकारले थप गर्ने गरी विपन्नलाई पूर्ण छात्रवृतिमा अध्ययन गराउने वातावरण बनाउनुपर्ने उनले बताए।

त्यसअघि बैठकमा शिक्षामन्त्री रघुजी पन्तले विधेयकमा अधिकांश विषय सरकारले स्वीकार गरिसकेका विषय उल्लेख भए पनि अध्ययनका लागि दुई दिनको समय दिन आग्रह गरेका थिए। उनले विधेयक अघि बढाउन निकै ढिलाइ भएकाले छिटो पारित गर्न पनि आग्रह गरे। समितिमा पेस भएको प्रतिवेदन अध्ययन गरेर भदौ ५ गते बस्ने बैठकमा छलफल गरेर प्रतिवेदन पारित गर्ने समितिको तयारी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.