गुण्डा नाइके राजु गोर्खालीविरुद्ध करोडौं ठगीको मुद्दा

गुण्डा नाइके राजु गोर्खालीविरुद्ध करोडौं ठगीको मुद्दा
सुन्नुहोस्

काठमाडौं : गुण्डा नाइकेको छवि बनाएका राजेन्द्रबहादुर गोर्खाली ‘राजु’ विरुद्ध प्रहरीमा करोडौं ठगीको मुद्दा दर्ता भएको छ। उनी १० करोड बढीको चेक बाउन्स मुद्दामा आइतबार पक्राउ परेका हुन्। काठमाडौं प्रहरी परिसरको विशेष टोली र प्रहरी वृत्त थानकोटको सहयोगमा उनलाई चन्द्रागिरिको चोभारबाट पक्राउ गरिएको हो।

उनीविरुद्ध टीकाराम तिवारीलगायतको समूहले उजुरी गरेको हो। जग्गा पास गर्न भन्दै दिएको १० करोड बढी रकम ठगी गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा चेक बाउन्सको मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार उनीविरुद्ध अनुसन्धान गर्नको लागि जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ।

पछिल्लो समय घरजग्गा कारोबारमा सक्रिय गोर्खालीको पृष्ठभूमि भने राम्रो छैन। विवादित पृष्ठभूमिका उनी उपत्यकामा गुण्डागर्दीमा सक्रिय रहेका थिए। गोर्खाली २०७४ र २०७५ मा पक्राउ परेर छुटेका थिए। त्यसबेला सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल भाडामा दिने र कमिसन लिने विषयमा उनको विवाद भएको थियो। गुण्डाहरू लिएर व्यवसायीलाई धम्काउने र काठमाडौं मल सस्तोमा लिएर महँगो भाडामा बेच्ने क्रममा उनीविरुद्ध उजुरी परेको थियो।

पोखराको पृथ्वीचोकमा रहेको सस्तो बजारमा राजु गोर्खालीको कम्पनीले अवैध रूपमा संरचना बनाएको थियो। २०७८ सालतिर नै यो विषयमा विवाद उत्पन्न भएको थियो। पृथ्वीचोकमा रहेको वायु सेवा निगमको जग्गामा अवैध भवन बनाएर सस्तो बजार चलाएको आरोप उनलाई थियो। यसका साथै गोर्खालीले विभिन्न अवैध संरचना निर्माण गर्ने र महँगो मूल्यमा बिक्री गर्ने काममा मुछिएका छन्।

उनीविरुद्ध काठमाडौं परिसरमै अहिलेसम्म सात वटा मुद्दा दर्ता भएको प्रहरीको रेकर्ड छ। २०६६ जेठमा सरकारी छाप दस्तखत किर्ते कसुरमा मुद्दा दर्ता भयको थियो। २०७४ जेठमा काठमाडौं प्रहरीमै सार्वजनिक अपराधमा कसुरमा मुद्दा दर्ता भएको थियो। ६६ असारमा पनि काठमाडौं परिसरमै मुद्दा दर्ता भएको थियो। २०४९ र २०५५ मा पनि सार्वजनिक कसुरमा मुद्दा दर्ता। २०५९ साल माघमा कर्तव्य ज्यानसम्बन्धी मृद्दा दर्ता भएको छ।

राजनीतिक आडमा उनले विभिन्न ठाउँमा गुण्डागर्दी फैलाउने गरेको प्रहरी अधिकृतहरू बताउँछन्। उनी नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुन्। 

उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट कांग्रेस महासमिति सदस्यमा विजयी भएका थिए। गोर्खाली २०७९ सालमा भएको निर्वाचनका लागि नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका थिए। काठमाडौं महानगरपालिका-७ मा बस्दै आएका ५५ वर्षीय गोर्खाली यसअघि २०७४ र २०७५ मा पक्राउ परेर छुटेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.