गोठमा चार गाई मरेको अवस्थामा फेला, खरेल परिवार तनावमा
रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर- २ फुलबारीका किसानले पालेका गाई मरेका छन्। स्थानीय किसान यादव खरेलको गोठमा रहेका चारवटा माउ गाई मंगलबार राति एकैसाथ मरेका हुन् । गाईले खाने कुँडोमा कसैले विष हालेको आशंका खरेलले गरेका छन्।
मंगलबार दिउँसो वा राती विष हालिदिएको र सो कुँडो खाइसकेपछि आज बिहान गाईहरू मृत अवस्थामा पाइएको उनले बताए।
सो गोठमा रहेका अन्य ३ साना गाईका बच्चाहरू पनि बिरामी रहेको खरेलले बताए । ऋण लिएर पालेको गाईको गोठ नै सखाप भएपछि अहिले खरेल परिवार तनावमा छन्।
प्रतिक्रिया दिनुहोस !