यात्रा लाउन्ज र रेस्ट्रो : त्रिभुवन विमानस्थलमा नयाँ अनुभव

यात्रा लाउन्ज र रेस्ट्रो : त्रिभुवन विमानस्थलमा नयाँ अनुभव
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : आधुनिक यात्रुहरूका लागि विमानस्थलका लाउन्ज र रेस्टुरेन्टहरूले फरक-फरक तर एकअर्काका पूरक भूमिका निभाउँछन्।

लाउन्जहरू प्रायः प्रिमियम श्रेणीका यात्रु वा विशेष सदस्यता लिनेहरूका लागि हुन्छन्, जसले आरामदायी बसाइ, निःशुल्क खाना र पेय पदार्थ, वाइफाइ र कहिलेकाहीँ नुहाउने वा व्यावसायिक काम गर्ने सुविधासहितको शान्त वातावरण प्रदान गर्छन्। रेस्टुरेन्टहरूले सबै यात्रुहरूलाई सेवा दिन्छन् र फास्ट फुडदेखि उत्कृष्ट परिकारसम्म विभिन्न प्रकारका खानाको अनुभव प्रदान गर्छन्।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने यात्रुहरूले यी दुईमध्ये एक रोजिरहनु पर्दैन। यात्रा लाउन्ज र रेस्ट्रोले लाउन्जको आराम र रेस्टुरेन्टको पाककला दुवैलाई एकै ठाउँमा समेट्छ।

अन्तर्राष्ट्रिय प्रस्थान गेटनजिकै अवस्थित यात्रा लाउन्ज र रेस्ट्रो सबै प्रकारका यात्रुहरूका लागि गन्तव्यको केन्द्र बनेको छ। विमानस्थलको आतिथ्य सत्कारमा १० वर्षभन्दा बढीको अनुभव भएका सञ्चालकले लामो उडानअघि यात्रुलाई के चाहिन्छ भन्ने कुरा राम्ररी बुझेका छन्, त्यो हो शान्त वातावरण, राम्रो खाना र आवश्यक सुविधा।

null

यो लाउन्ज यात्रुहरूको सुझाव र प्रतिक्रियालाई ध्यानमा राखेर बनाइएको हो। यो शान्त, सफा र कलात्मक रूपमा डिजाइन गरिएको ठाउँ बनेको छ, जहाँ यात्रुहरूले शान्तसँग बसेर खानाको स्वाद लिन सक्छन्। यसअघि, यो क्षेत्रमा पर्याप्त सुविधाहरूको कमी थियो। पानीको उचित प्रबन्ध थिएन, शौचालयहरू अपर्याप्त थिए र सधैं भिडभाड हुन्थ्यो। अहिले, यात्रुहरूले सफा शौचालयको प्रयोग गर्न, नुहाएर 'फ्रेस' हुन र उडानअघि आराम गर्न सक्छन्। यात्रुहरूका लागि यात्रा लाउन्ज र रेस्ट्रो सबैभन्दा उत्तम ठाउँ हो।

औपचारिकरूपमा उद्‍घाटन नभए पनि यसले यात्रुहरूलाई सेवा दिन सुरु गरिसकेको छ। कच्चा पदार्थको अभाव, कामदारहरूको व्यवस्थापनमा चुनौती र विमानस्थलका अधिकारीहरूलाई आवश्यक पर्ने कागजी प्रक्रियाका कारण उद्‍घाटनमा केही ढिलाइ भएको छ। यी चुनौतीका बाबजुद पनि टोली उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छ।

यात्रा लाउन्ज र रेस्ट्रोको परिकार सूची (मेनु) निकै सोचविचार गरेर तयार पारिएको छ। यहाँका 'सेफ'हरूले यात्रुहरूलाई घरको स्वाद दिने उद्देश्यले थकाली खानामा विशेष जोड दिएका छन्। यसका साथै, इटाली, थाइल्यान्ड र चीनका विभिन्न अन्तर्राष्ट्रिय परिकारहरू पनि मेनुमा समावेश छन्। टोलीले ब्रान्डको पहिचान झल्काउने एउटा विशेष परिकार (सिग्नेचर डिस) राख्नेबारे पनि छलफल गरिरहेको छ। छिट्टै नै नयाँ मेनु सार्वजनिक गर्ने तयारी पनि भइरहेको छ।

null

लाउन्जको वातावरण पनि निकै मिहिनेत र सुक्ष्मरूपमा डिजाइन गरिएको छ। हरियाली, मधुर पृष्ठभूमि सङ्गीत र आरामदायी सिटहरूको व्यवस्थाले यात्रुहरूका लागि सहज ठाउँको निर्माण गरेको छ। खुला क्षेत्र र निजी ठाउँहरूको संयोजनले परम्परागत ढाका कपडाका कुर्सीहरूमा आधुनिकपन झल्काएको छ। लाउन्जमा बालबालिकाका लागि छुट्टै कोठा पनि छ, जसले परिवारसहित यात्रा गर्नेहरूलाई आफ्नो उडान पर्खिँदा सहजता प्रदान गर्दछ।

विमानस्थलको अवस्था बुझ्नु सहज सञ्चालनका लागि महत्त्वपूर्ण हुन्छ। यात्रा लाउन्ज र रेस्ट्रोमा वास्तविक समयको उडान जानकारी देखाउने मनिटर राखिएको छ, जसले कर्मचारीहरूलाई प्रस्थान र आगमन तालिकामा अद्यावधिक रहन मद्दत गर्छ। यो व्यवस्थापनले विशेष गरी वर्षायाममा हुने उडान ढिलाइ वा मौसमसम्बन्धी अवरोधको समयमा कामदार र स्रोतहरूको पूर्वतयारी गर्न सहयोग पुर्‍याउँछ।

यात्रा लाउन्ज र रेस्ट्रो केवल आराम दिनमा मात्र सीमित छैन, यसले निरन्तर सुधारमा पनि ध्यान दिन्छ। लाउन्जले भौतिक र अनलाइन प्रतिक्रिया प्रणालीमार्फत यात्रुहरूको वास्तविक समयको सुझाव सङ्कलन गर्छ। धेरैजसो प्रतिक्रिया सकारात्मक छन्, तैपनि व्यवस्थापनले आतिथ्य सत्कारको क्षेत्र निरन्तर परिवर्तन भइरहने भएकाले सुधारको लागि सधैं ठाउँ हुने कुरा स्वीकार गर्छ। 

null

भविष्यमा लाउन्जले अन्तर्राष्ट्रिय यात्रुहरूलाई लक्षित गरी सदस्यता वा पास प्रणाली सुरु गर्ने योजना बनाएको छ। यसमा 'प्रिभिलेज पास' र 'प्रायोरिटी पास' जस्ता विकल्पहरूमाथि छलफल भइरहेको छ, जसले बारम्बार यात्रा गर्नेहरूलाई थप सुविधा र विशेष सेवा दिनेछ।

यो लाउन्ज सबैका लागि खुला भएपनि यसको प्राथमिक लक्ष्य भनेको शान्ति, आराम र काम गर्न शान्त ठाउँ खोज्ने यात्रुहरू हुन्। यो लाउन्ज चेक-इन र सुरक्षा जाँचअघि नै पहुँचयोग्य भएकाले यात्रुहरूका साथै विमानस्थलका कर्मचारी र उनीहरूलाई भेट्न आउनेहरूका लागि पनि उपयुक्त छ।

धेरैजसो विमानस्थल लाउन्जहरू सुरक्षा जाँचपछि अवस्थित हुन्छन्, तर यात्रा लाउन्ज र रेस्ट्रो बोर्डिङ पासको जाँचअघि नै, अन्तर्राष्ट्रिय प्रस्थान गेट नजिकै अवस्थित छ। यसले यात्रुहरू, उनीहरूका परिवारका सदस्यहरू वा विमानस्थलका कर्मचारीहरूलाई पनि पहुँचयोग्य बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने करिब १०,००० कर्मचारीहरूका लागि पनि यो लाउन्ज खाना खान, आराम गर्न वा आफन्तहरूलाई भेट्नको लागि एक सहज गन्तव्य बनेको छ। 

null

२४ सैं घण्टा सञ्चालनमा रहने यो लाउन्ज दिन र रातको सिफ्ट प्रणालीमा चल्छ, जसले कुनै पनि समयमा निरन्तर सेवा सुनिश्चित गर्छ। यसले करिब ४० जनालाई रोजगारी दिएको छ, जसमा हरेक कर्मचारीलाई उनीहरूको भूमिकाअनुसार विशेष प्रशिक्षण दिइएको छ। खाना सेवा, ग्राहक हेरचाहदेखि सरसफाइ र सञ्चालनसम्मका सबै पक्षहरूमा गुणस्तरीय सेवा सुनिश्चित गर्नका लागि संस्थागत मापदण्डमा आधारित तालिम प्रदान गरिन्छ।

यस लाउन्जले आन्तरिक यात्रुहरूका लागि पनि आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ। आन्तरिक टर्मिनल टाढा भएकोले, यो पहलले अन्तर्राष्ट्रिय खण्डमा चाँडै आइपुग्ने आन्तरिक यात्रुहरूलाई आराम र भोजनको सुविधाजनक बिन्दु प्रदान गर्ने लक्ष्य राखेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.