प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्दैछ। बैठकमा अर्थ समितिका सभापति सन्तोष चालीसेले 'वैकल्पिक विकास वित्त परिचालन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२” पेस गर्ने कार्यसूच छ।
उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले 'औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले 'राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठायोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !