एउटै भीरबाट खसेर दुईजनाको मृत्यु

एउटै भीरबाट खसेर दुईजनाको मृत्यु
सुन्नुहोस्

गोरखा : गोरखामा एउटै भीरबाट खसेर दुईजनाको मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका-६ धुम्चेका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामाको एकैठाउँबाट खसेर मृत्यु भएको मृतकका आफन्तले बताएका छन्।

उनीहरु चुम्लिङ र सिप्चेतको बीचमा पर्ने धादाङकोक् भन्ने ठाउँको भीरबाट करिब एक सय मिटर तल स्यारखोलामा खसेर मृत्यु भएको मृतकका आफन्त नुर्बु दोर्जेले बताए। ‘अस्ति आइतबार चुम्लिङमा विद्युत समितिको बैठक भएको थियो। बैठकबाट फर्कदा रिञ्जिन हरायो’, उनले भने, ‘उनको चार दिनसम्म जताततै खोजी भयो। फेला पार्न सकेन आज बिहान खोज्दै जाँदा हिसेले उसको लास देखेको रहेछ। उसैले गाउँलेहरू सबैलाई बोलायो। अनि सबै जना लास लिन खोलातरि झरे। उ पनि झर्दाखेरि रिञ्जिन खसेकै ठाउँबाट खसेर मर्‍यो।’ 

बिहान नौ बजेतिर खसेर हिसेको घटनास्थलमै मृत्यु भएको उनले बताए। प्रहरी बिहानै घटनास्थलमा पुगेर अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयका एसपी भरत विकले जानकारी दिए।

यही भीरबाट खसेर यसअघि विभिन्न समयमा पाँच जनाको मृत्यु भइसकेको वडा सदस्य ठिले ग्याम्जो लामाले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.