अध्ययन भिसामा आएर मुस्लिम धर्मको प्रचार गर्ने इन्डोनेसियाका तीन महिला पक्राउ

अध्ययन भिसामा आएर मुस्लिम धर्मको प्रचार गर्ने इन्डोनेसियाका तीन महिला पक्राउ
एआई सिर्जित तस्बिर
सुन्नुहोस्

काठमाडौं : पर्यटक भिसा र अध्ययन भिसामा नेपाल आएर शंकास्पद् गतिविधि गर्ने तीन जना इन्डोनेशियाका तनी जना महिलाहरू पक्राउ परेका छन्। पर्यटक र अध्ययन भिसामा आएर शंकास्पद् गतिविधि गरेको पाइएपछि अध्यागमन विभागले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अध्यागमन स्रोतका अनुसार तीमध्ये एक जना पर्यटक भिसा र दुई जना अध्ययन भिसामा नेपाल आएका हुन्। तर, कुनै पनि शैक्षिक संस्थामा उनीहरू भर्ना नभएको अनुसन्धानबाट खुलेको छ। अध्ययन भिसामा आएर उनीहरू ललितपुरको धोबीघाटमा मुस्लिम धर्मसँग सम्बन्धित संस्था हिमालय शिक्षा तथा हितेशी समाजमा गर्ल्स होस्टेल चलाउने र ती महिलाहरूलाई शिक्षकको रूपमा राखिएको पाइएको अध्यागमन स्रोतको भनाइ छ। 

उनीहरूले त्यहाँ टर्कीस र कुरान भाषा सिकाउनुका साथै मुस्लिम धर्मको प्रचाप्रसार पनि गर्ने गरेको पाइएको अध्यागमन विभाग स्रोतको भनाइ छ। उक्त संस्थाले अन्तर्राष्ट्रिय संस्थाबाट धर्म प्रचारका नाममा प्रत्येक वर्ष दुई करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने गरेको अनुसन्धानमा खुलेको छ। 

अध्यागमन विभागका अनुसार उक्त होस्टेलमा ५० जना छात्राहरूलाई कुरान पढाइराखेका बेला इन्डोनेसियाका ती महिलाहरूलाई पक्राउ गरिएको थियो। ती छात्राहरू अन्य शैक्षिक संस्थामा अध्ययन नगरेको पाइएको विभागको भनाइ छ। त्यस्तै ललितपुरकै ज्वागलमा ब्वाइज होस्टेलसमेत राखी विभिन्न जिल्लाका व्यक्तिहरूलाई कुरान पढाउने र धर्मको प्रचारप्रसार गरेको पाइएपछि उनीहरूविरुद्ध थप अनुसन्धान गरिरहेको छ। 

नेपालमा पर्यटक भिसामा बसेको विदेशी नागरिकले काम गर्न पाइँदैन। अध्यागमन ऐन, २०४९ को दफा ६ मा विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानसँग सम्बन्धित लिखत अध्यागमन अधिकृत वा महानिर्देशकले तोकेको कर्मचारीले जुनसुकै स्थान र समयमा जाँच गर्न सक्ने र कब्जामा लिनसक्ने व्यवस्था छ। 

अध्यागमन नियमावली, २०५१ मा पर्यटक भिसामा बसेको विदेशी नागरिक र परिवारको सदस्यले कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न नपाउने व्यवस्था छ। त्यो गरी विदेशीले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो, सोबाहेक अन्य काम गर्न पाइने छैन भन्ने व्यवस्था छ। 

गैरकानुनी रूपले बसेका विदेशीलाई अनुसन्धानपश्चात् महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र अवधि तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्काशन गर्ने कानुनी व्यवस्था छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.