टप एण्ड टी–२० शृङ्खला : नेपाल र पाकिस्तान शाहीन्स भिड्दै
काठमाडौं : टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तान शाहीन्स भिड्दै छन्। अष्ट्रेलियाको नर्दन टेरिटोरीमा खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।
शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र पाकिस्तान शाहीन्सबीच प्रतिस्पर्धा हुन लागेको हो।
यसअघि नेपाल तीन खेलमा पराजित भएको थियो भने दुई खेलमा जित निकालेको थियो। शृङ्खलामा सहभागी ११ टोलीमध्ये अंक तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
पाकिस्तान ५ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस !